राजश्व छलीमा संलग्न दुई जना विरुद्ध १९ करोडको मुद्दा दायर
राजश्व अनुसन्धान विभागले नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) बिलको प्रयोग गरी कम्पनी सञ्चालन गर्ने दुईजना विरुद्ध १९ करोडको मुद्दा दायर भएको छ।
आयोगले एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक विरुद्ध नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छलेको कसुुरमा मुद्दा दायर गरेको हो। विभागले भक्तपुरका दिपककुमार देउजा र अचला थापा विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायार गरेको हो।
एभरेष्ट यति इन्टरनेशनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको आयोगको ठहर छ ।
उनीहरुले आयकरतर्फ ६ करोड २७ लाख र भ्याट तर्फ ३ करोड ४० गरी कुल ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप छ । उनीहरु विरुद्ध विगो सहित १९ करोड ३४ लाख मागदावी गरी अभियोग पत्र दायर गरिएको हो ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।