नेपाल लाइफका बीमितलाई व्यतित बीमालेख नवीकरणमा ३५ प्रतिशत ब्याज छुट

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२५बैशाख, २०७९, आईतवार / May 08, 2022 13:43:pm

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् ।

कम्पनीले २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण शुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेखहरूमा ३५ प्रतिशत ब्याज छुट दिने निर्णय गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको सूचना अनुसार विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन नसकेका तथा ढिला भएका बीमितहरूलाई नविकरण शुल्क नबुझाएको बीमितले ३५ प्रतिशत ब्याज छुट पाउनेछन् ।

यो छुट २०७९ बैशाख २५ गतेदेखि असार २४ गतेसम्म लागू हुने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments