बाबुराम भट्टराईलाई निर्वाचन आयोगको पत्र, '२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु'

Note Bazar ३०बैशाख, २०७९, शुक्रबार / May 13, 2022 17:20:pm

स्थानीय तहको निर्वाचनका दौरान मतदान गरेपछि मतपत्र देखाए पछि विवादमा तानिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

वैशाख ३० गते बिहान ८.२५ बजे गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरे पछि जसपा अध्यक्ष भट्टराईले मत संकेत सहितको मतपत्रको फोटो सार्वजनिक गरेका थिए ।

आयोगले भट्टराईको कामप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न भनेको हो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments