प्राइम लाइफको सेयर संरचना परिमार्जन, सर्वसाधारण हिस्सा बढ्यो

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
६जेष्ठ, २०७९, शुक्रबार / May 20, 2022 16:44:pm

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले आफ्नो सेयर संरचना परिमार्जन परिमार्जन गरेर धितोपत्र सूचीकरण गरेको छ ।

कम्पनीको २७ लाख ७९ हजार ६१५ दशमलव ५८ संस्थापक सेयर सर्वसाधारणमा परिमार्जन भएको हो ।

नेप्सेका अनुसार कम्पनीमा रहेको थप १० प्रतिशत हिस्सा सेयर नियामक निकायहरुबाट स्वीकृति लिएर सर्वसाधारणमा रुपान्तरण गरिएको हो ।

सेयर रुपान्तरणसँगै कम्पनीमा संस्थापकको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ ।

यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

प्राइम लाइफ र अन्य दुई जीवन बीमा कम्पनीहरु गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच बैशाख २९ गते एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । मर्जर सम्झौतालाई बीमा समितिले जेठ ३ गते सैद्धान्तिक स्वीकृति समेत दिइसकेको छ ।

मर्जरमा जाने सम्झौतापछि हाल तीनवटै जीवन बीमा कम्पनीको धितोपत्र दोस्रो बजारमा रोक्का राखिएको छ । मर्जरमा जाने भएपछि नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 


Share on:


Comments