सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने

-नोटबजार।
काठमाडौं।
७जेष्ठ, २०७९, शनिबार / May 21, 2022 13:15:pm

सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.७५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 


Share on:


Comments