नबिल बैंकका संस्थापकले नकिनेको सेयर सर्वसाधारणलाई बिक्री गरिँदै

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१५असार, २०७९, बुधबार / Jun 29, 2022 11:05:am

नबिल बैंकले संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको साढे २८ हजार कित्ता संस्थापक सेयर बिक्री नभएपछि सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गर्दा निवेदन प्राप्त नभएकाले उत्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूमा यो सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरहरु खरिद पश्चात समेत संस्थापक शेयरधनी समूहमा नै रहने बैंकले जनाएको छ । इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments