एनआईसी एसिया बैंकमा रोजगारीको अवसर

नोटबजार संवाददाता
काठमाण्डौं
१८श्रावण, २०७९, बुधबार / Aug 03, 2022 13:45:pm

एनआईसी एसिया बैंक (NICA) ले आफ्ना सेवालाई थप विस्तार र ग्राहक सेवा सुधारका लागि भन्दै १६ विभिन्न पदमा कर्मचारी आवेदन मागेको छ ।

 बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, ब्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्दै आएको बताउँदै बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा रहेका दृढ अठोट युक्त योग्य युवालाई बैंकले खोजी गरिरहेको जनाएको छ ।

बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, म्यानेजरलगायतका पदमा बुधबारदेखि आवेदन खुला गरेको हो । आवेदन अवधि आगामी भदौ १ गतेसम्म तोकिएको  बैंकले जनाएको छ ।

 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments