सिटिजन्स बैंकको 'चिरायु मुद्धती योजना’मा १० गुणासम्म प्रतिफल

नोटबजार संवाददाता ।
काठमाडौं ।
२१श्रावण, २०७९, शनिबार / Aug 06, 2022 20:38:pm

सिटिजन्स बैंक (CZBIL) ले ‘सिटिजन्स चिरायु मुद्धती योजना’ सार्वजनिक गरेको छ ।

बैंकले शनिबार थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ सार्वजनिक गरेको हो । सोहि अवसरमा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’खाताको शुभारंभ गरेको छ ।

यी मुद्धती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमका बिच आजदेखि आरम्भ भएको घोषणा गरे ।

शाखा प्रबन्धकहरु त्था बरिष्ट व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैकंलाई सुशासनमा अब्बल बनाउने घोषणा पनि गरेका छन ।

सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्र्तगत गा्रहकहरूले १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गर्न पाइने योजना रहेको छ । उक्त योवजना अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।

तथा रेमिटेन्स चिरायु मुद्धती योजना गा्रहकहरूले १२ वर्ष ३ महिनादेखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छ ।

यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहक महानुभावहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनुहुनेछ । यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments