कार्तिक भित्र १८ सय कृषि कामदार कोरिया पठाइने

नोटबजार संवाददाता
काठमाण्डौं
२५श्रावण, २०७९, बुधबार / Aug 10, 2022 12:35:pm

कोरियाको कृषि क्षेत्रमा काम गर्ने गरी तीन महिनाभित्र १८ सय ९नेपाली कोरिया पठाइने भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कृषि तथा पसुपालनका लागि त्यहाँ पठाउन लागिएको वैदेशिक रोजगार विभाग इपीएस कोरिया साखाले जनाएको छ ।

कोरिया सरकारको मानव संसाधान विभागले कृषि क्षेत्रमा काम गर्ने गरी २ हजार ७४१ जना नेपाली कामदार माग गरेको थियो । यसका लागि सञ्चालित भाषा तथा सिप परीक्षामा उत्तीर्ण भएकाको नाम दक्षिण कोरियाको ह्युमन रिसोर्स डिपार्टमेन्टको रोस्टरमा समावेश गर्न सूचि पठाइसकिएको इपीएस महासाखाले जनाएको हो ।

दोस्रो चरणका लागि पनि १ हजार १०३ जना उम्मेदवार उत्तीर्ण भएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण, चारित्रिक विवरण लगायत प्रहरी प्रतिवेदन जुटाउने रोजगार आवेदन फर्म भर्ने काम चलिरहेको छ । दुवै चरणका लागि स्वीकृति कोटा भन्दा १७१ जना बढी उतृर्ण भएका छन् ।

उता औद्योगिक कामदारका रुपमा सन् २०२२का लागि जाने ६ हजार ९१३ नेपाली युवा छनोटका लागि पनि प्रक्रिया सुरु गरिसकिएको छ । यसका लागि आवदेन लिएर भाषा परिक्षा पनि सुरु भएको जनाइएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 



Share on:


Comments