शोधनान्तर स्थिति २५५ अर्ब तथा चालु खाता ६२३ अर्ब घाटामा

-नोटबजार संवाददाता
काठमाण्डौं ।
३१श्रावण, २०७९, मंगलवार / Aug 16, 2022 18:21:pm

गत आर्थिक वर्ष २०७८/७९ मा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घटामा पुगेको छ ।

उच्च आयातका कारण देशको बाह्य स्थितिमा दवाव परेपछि अबलम्बन गरिएको आयात नियन्त्रणको नीतिले पनि शोधनान्तर घाटामा प्रभावकारी सुधार देखिन नसकेको हो ।

गत आवको अन्ति महिना असारसम्म शोधनान्तर घाटा अघिल्लो आवको तुलनामा ३ खर्ब ७८ अर्बले गहिरिएको हो । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्षमा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आएर ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आएर १८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी.१९ अर्ब ५१ करोड रहेको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments