एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

नोटबजार संवाददाता
काठमाण्डौं ।
१५भाद्र, २०७९, बुधबार / Aug 31, 2022 10:50:am

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई लाग्ने बिलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट दिने भएको छ ।

कम्पनीले २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा लाग्ने ब्याजमा छुट दिन लागेको हो ।

कम्पनीले भदौ १५ गतेदेखि आगामी असोज १२ गतेभित्र पुर्नजागरण गराउने बीमितहरूलाई उक्त छुट प्रदान गर्ने प्रष्ट पारेको छ ।

भदौ १४ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघि पूर्ण व्यतित भएका बीमालेखहरूलाई मात्र ब्याज छुट प्रदान गरिने जनाइएको छ । तर, भदौ १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखहरूमा ब्याज छुट प्रदान नगरिने बताइएको छ ।

यसभन्दा पहिले एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई बीमा अवधीभर पुनः ब्याज छुट प्रदन नगरिने पनि कम्पनीले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments