एनआईसी एशिया क्यापिटलको 'एक्सप्रेस डिम्याट सेवा' सञ्चालन

नोटबजार संवाददाता
काठमाण्डौं ।
२२भाद्र, २०७९, बुधबार / Sep 07, 2022 16:13:pm

एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता“ अभियान सञ्चालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पुर्‍याउँदै आइरहेको छ ।

हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वंयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो सेयर खाता सञ्चालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा सेवाग्राहीहरुले उक्त योजनाबाट लाभ लिई सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो सेयर खाता प्राप्त गर्न सकिने क्यापिटललको भनाई छ ।

एनआईसी एशिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वंयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा सेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments