नेपाली सेनाद्धारा सैन्य पदमा ४ हजार जनाको दरखास्त आह्वान
नेपाली सेनाले ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न ४ हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो ।कुल २८ स्थानका लागि सो संख्यामा आवेदन माग गरिएको हो ।
विभागका अनुसार खुलामा २ हजार ८८ जना, जनजाति ५५०, मधेसी ४८०, महिला ३५०, दलित २५२, सैनिक तालिम वा कर्तब्य पालनाको सिलसिलामा शारिरिक रुपमा अशक्त वा मृत्यु भएका नेपाली सेनाका सन्ततिबाट ११० जना र पिछडिएको क्षेत्रबाट ८० जना गरी कुल ४ हजार जना नेपाली सेनाको सैन्य पदमा दरखास्त आह्वानको सूचना शुक्रबार प्रकाशित गरेको हो ।
जसमध्ये पुरानो गोरख गण नारायणहिटी काठमाण्डौं, भगवतिगण फुलवारी ब्यारेक पोखरा र पश्चिम कमाण्ड हेडक्वाटर निमारे ब्यारेक सुर्खेतका लागि अधिकतम समान ३५० जनाका दरले पदपूर्तिका लागि माग गरिएको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।