दैनिक ५७६ मेगावाट विद्युत् निर्यातको तयारी

नोटबजार संवाददाता
काठमाण्डौं
४आश्विन, २०७९, मंगलवार / Sep 20, 2022 12:57:pm

दैनिक ३६४ मेगावाट विद्युत् आइइएक्सको डे अहेड मार्केटमा विक्री गरिरहेको नेपाल विद्युत प्राधिकरणले थप ८ जलविद्युत् आयोजनाको २१२.७ मेगावाट विद्युत् बिक्रीको तयारी गरिरहेको छ । प्राधिकरणले दुई पटक गरी निजी क्षेत्रबाट प्रवर्दित थप आठ आयोजनाको विद्युत् आइइएक्समा सूचिकृत हुने अनुमति दिन भारतको केन्द्रिय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको हो ।

दशै तिहार र छट पर्व नजिकिएसँगै नेपालमा विद्युत् खपत घट्न थाल्छ । चाड पर्वका कारण उद्योग कलकारखाना बन्द हुँदा लोड डिमान्ड कम हुन्छ । गत वर्षातमा विद्युत् निर्यात नभएर खेर फाल्नु परेपनि यो वर्ष प्रधिकरणले स्वदेशी खपत विस्तार र भारत निर्यात गरी विद्युत्को बजार व्यवस्थापन गर्दै आएको थियो । असोज र कार्तिकमा विद्युत् खपत खस्कने र सो परिमाणको विद्युत् भारत नै निर्यात गर्ने योजना अनुरुप प्राधिकरणले सो प्रस्ताव पठाएको हो ।

‘देशभित्र खपत भन्दा बढी हुने थप विद्युत् निर्यात गर्न पुनः ४ आयोजनालाई आधारमानी निर्यातको प्रस्ताव गरेका छौ, घिसिङले भने, ‘भारतले छिट्टै अनुमति दिनेमा विश्वस्त छौ ।’ प्राधिकरणले अहिले आइआइएक्समा दैनिक ३६४ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । साउनमा मात्रै प्राधिकरणले २ अर्ब ४१ करोड रुपैयाँको विद्युत् निर्यात गरेको थियो ।


प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । सो प्रस्तावमा निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

यस अघि प्राधिकरणले यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 


Share on:


Comments