सान्जेनको आईपीओ आवेदन समय लम्बियो, अब असोज ३० गतेसम्म भर्न सकिने

नोटबजार संवाददाता ।
काठमाडौं ।
४आश्विन, २०७९, मंगलवार / Sep 20, 2022 18:56:pm

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद १५ दिन थप भएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको उक्त आईपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि असोज ४ गतेसम्म मात्र आवेदन दिने समय थियो ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको हो । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 



Share on:


Comments