ब्याज वृद्धि फिर्ता लिन एफएनसीसीआईको आग्रह

नोटबजार संवाददाता
काठमाण्डौं
५आश्विन, २०७९, बुधबार / Sep 21, 2022 18:10:pm

 बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाउँदा साना मझौला उद्योग बन्द हुने र महङ्गीले  सर्वसाधारणको जीविका कष्टकर हुने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ब्याज वृद्धिको विरोध गरेको छ ।

गत माघदेखि कायम हुँदै आएको बैकर्स संघको भद्र सहमति खारेज गर्दै बैंकहरूले  असोज एक देखि लागू हुने गरी निक्षेप तथा कर्जामा ब्याजदर १० प्रतिशत बढाएका छन् ।

‘कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी थप मर्माहित  भएका छन्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ब्याज वृद्धिको कदमले आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई ब्याज वृद्धिले थप माथि लैजाने भन्दै सरकारको राजश्व संकलन पनि २० प्रतिशत खुम्चिएको महासङ्घको भनाई छ ।

कोभिडका कारण पहिलो बन्दाबन्दी अवस्थामा बैकिङ क्षेत्रबाट सहयोग पाएपनि अहिले ब्याज बढाएर सञ्चालनमा रहेका व्यवसाय नै जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित गरेको आरोप महासंघको छ ।  

महासंघले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने भएकाले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न सरोकारवाला समक्ष माग गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 



Share on:


Comments