ब्याज वृद्धि ठीक छैन, यो हप्तामा उचित निर्णय लिन्छौं: अर्थमन्त्री शर्मा

नोटबजार संवाददाता
काठमाण्डौं
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 14:02:pm

 अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बढेको ब्याजदर प्रति असन्तुष्टि जनाएका छन् ।

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको सिएट नाडा इभि एक्स्पो २०२२' उद्धाटन गर्दै १३ प्रतिशत व्याज पाउने अवस्था आए पछि समग्र उत्पादन शृङ्खला प्रभावित हुने अवस्था आएको भन्दै यसबारे मन्त्रालयस्तरमा छलफल भएको जानकारी दिए ।

जुन देशमा बैंकमा पैसा राखेर १३ प्रतिशत व्याज पाइन्छ भने कसले उद्योगमा लगानी गर्ने, उनले भने, ब्याजबाटै आम्दानी हुने देखेपछि देशमा उत्पादनतर्फ को लाग्छ ?’ ब्याज वृद्धिका विषयमा आफूले अर्थ मन्त्रालयका सचिवहरूसँग परामर्श गरिसकेको र यसबारे यसैसाता थप छलफल  गरी आवश्यक निर्णय लिइने उनले बताए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयात रोक्दा राजश्व घटेको प्रति पनि सरकार सचेत रहेको बताएका थिए । आयात सधैँका लागि रोक्ने योजना होइन, उनले भने, तर आयात खोल्ने मात्र पनि होइन निर्यात पनि बढाउने हो । मन्त्री शर्माले नेपालमै विद्युतीय सवारी साधन उद्योग स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गरेको थिए ।

उनले यसका लागि आवश्यक छुट तथा सहुलियत जे चाइन्छ दिन सरकार तयार रहेको बताए ।पछिल्लो समय नेपालमा इन्धन आयात उच्च भइरहेको भन्दै अव विद्युतीय र हाइड्रोजन युक्त सवारी साधनको युग सुरु हुने भन्दै आफ्नो उद्यम व्यवसाय केन्द्रित गर्न उनले आग्रह गरेका थिए । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments