एभरेष्ट बैंकले सुरू गर्‍यो इ-पैँचो फोन लोन सुविधा, मोबाइलबाटै बिना धितो कर्जा

नोटबजार संवाददाता
काठमाण्डौं ।
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 18:08:pm


एभरेष्ट बैंकले “इ-पैचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धितो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

इ–पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ ।

यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ ।

इ–पैचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा वाइ नाँउ पे लेटर सुविधा प्रयोग गर्न सक्ने छन् । यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै इ–पैचो फोनलोनमा दर्ता गर्नुपर्नेछ ।

इ-पैचो फोनलोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरि स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् । योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा इ–पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धीतो कर्जा लिन सक्ने छन्।

इ-पैचो फोनलोनका विषयमा बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने, “नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरुलाई इ–पैचोफोनलोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ । इ–पैचोफोनलोन सेवा मार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनुपर्ने छैन । ग्राहकहरुले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ बाँकी सबै काम हामीले गर्ने छौँ । ”

सन् १९९४बाट सञ्चालनमा आएको एभ्रेष्ट बैंक, नेपाल राष्ट्र बैंकले क वर्गमा वर्गीकरण गरेको बैंक हो । देशभर ३९,१६७ डेलिभरी च्यानल, १०,०९८ आन्तरिक शाखा भएको एभ्रेष्ट बैंकसँग १५,७१९ ब्यापारिक घराना आवद्ध रहेका छन् । यसका साथै बैंकका २ अन्तराष्ट्रिय शाखा र देशभर १३,३५० एटीएम बूथ रहेका छन्।

इबीएल टच २४ एप डाउनलोड गर्नका लागि आइओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्रोइड प्रयोगकर्ताहरुले प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 



Share on:


Comments