कृषि विकास बैंकको सञ्चालकमा सुमन दाहाल नियुक्त

-नोटबजार संवाददाता ।
काठमाडौं ।
७आश्विन, २०७९, शुक्रबार / Sep 23, 2022 19:18:pm

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् ।

नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंक सञ्चालक समितिको संचालक सदस्यमा दाहाल मनोनयन भएका हुन् ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सुमन दाहाललाई बैंक सञ्चालक समिति बैठक नं.९८३ का अध्यक्ष डा.राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति थियो ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments