कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलर भन्दा तल झर्‍यो

-नोटबजार संवाददाता ।
काठमाडौं ।
८आश्विन, २०७९, शनिबार / Sep 24, 2022 12:34:pm

 रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलर भन्दा तल झरेको छ । सन् २०२२ मा जनवरीपछि शुक्रबार ५ प्रतिशत घटेर पहिलोपटक ८० डलर भन्दा तल मूलय झरेको हो ।

शुक्रबार न्यूनतम ७८.२० डलरसम्म कारोबार भएको तेल अधिकतम ८३.५४ सम्म कारोबार भएको थिया । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भाउ तिरन्तर घट्दो देखिएको छ ।

अमेरिकाका मन्दी आउन सक्ने हल्लासँगै अमेरिकी सेयर बजारमा गिरावट आउँदा कच्चा तेलको मूल्यमा पनि व्यापक गिरावट आएको हो । रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । 

अमेरिकी डलर थप बलियो हुँदै गएको र ब्याजदरमा निरन्तर वृद्धिका कारण मन्दीको खतरा बढेपछि तेलको भाउमा असर परेको विश्लेषण गरिएको छ । विश्वका प्रमुख अर्थतन्त्रहरु मन्दीतर्फ धकेलिँदा तेलको मागमा कमी आउने अनुमान गरिएको छ । जसले भाउ घटाउन मद्दत गरेको हो ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments