पत्रकारका सेवासुविधा उपलब्ध गराउन श्रमजीवी–पत्रकार सङ्घको आग्रह

नोटबजार संवाददाता ।
काठमाडौं ।
१०आश्विन, २०७९, सोमबार / Sep 26, 2022 20:26:pm

श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलब सहित सबै सेवा सुविधा उपलब्ध गराउन माग गरेको छ ।

सङ्घद्वारा आज जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैं अगावै सेवा सुविधा र तलब उपलब्ध गराएर चाडपर्व मान्ने वातावरण तयार गर्न व्यवस्थापनसमक्ष आग्रह गरिएको छ ।

सङ्घको विज्ञप्तिमा भनिएको छ, 'पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्तासमेत नपाउनेलगायतका गुनासो विगतमा झै यसपल्ट पनि आइरहेका छन् । हाम्रो सङ्गठन सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ ।'

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवद्र्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न नसकेको उल्लेख सङ्घले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा बताएको छ । -रासस

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments