सनराइज बैंकद्धारा डोरम्याट खाता सूचारु गर्न आग्रह
सनराइज बैंक लिमिटेडले पछिल्लो १० वर्षदेखि खाता खोली कारोबार नगरेका बैंक खाताहरु (डोरम्याट अकाउन्ट) सूचारु गर्न ग्राहकहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै १५ दिनभित्र त्यस्ता खाता खोलेका खातावालाहरुलाई बैंकमा सम्पर्क गरी खाता सूचारु गर्न आह्वान गरेको हो ।
बैंकले १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका तर हालसम्म सञ्चालन नभएका खाताहरु सक्रिय गरी कारोबार गर्न आउन आग्रह गरेको छ ।
तेकिएको म्यादभित्र खाताहरु सक्रिय नभए नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम त्यस्ता खाताहरु बैंकले नै बन्द गर्ने सूचनामा उल्लेख छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।