चार वाणिज्य बैंकको लाभांश प्रस्ताव, कसको कति ?
सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये असोज ३० गते आइतबारसम्म चार वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभा.श प्रस्ताव गरेका छन् ।
हालसम्म सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र बैंक अफ काठमाण्ठूले लाभांश प्रस्ताव गरेका हुन् ।
घोषित लाभांशमध्ये बैंक अफ काठमाण्ठूले सबैभन्दा धेरै चुक्ता पुँजीको २०.९५ प्रतिशत (६ प्रतिशत बोनस, १४.९५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।
यसैगरी कुमारी बैंकले चुक्ता पुँजीको १२.५० (नगद मात्र), नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चुक्ता पुँजीको ११ प्रतिशत (३.३७ प्रतिशत बोनस, ७.६३ प्रतिशत नगद) र सिटिजन्स बैंक इन्टनेशनलले चुक्ता पुँजीको ९ प्रतिशत (नगद मात्र) लाभांश वितरणको प्रस्ताव गरेको हो ।
S.N. | Sector- Commercial Banks | Stock Symbol | Bonus | Cash | Total | Bookclose | AGM |
1 | Bank of Kathmandu Ltd. | BOKL | 6.00 | 14.95 | 20.95 | ||
2 | Kumari Bank Limited. | KBL | 0.00 | 12.50 | 12.50 | Kartik 14, Monday | |
3 | Nepal Credit And Commercial Bank. |
NCCB | 3.37 | 7.63 | 11.00 | ||
4 | Citizen Bank International Limited. | CZBIL | 0.00 | 9.00 | 9.00 | Ashoj 28, Friday | Kartik 4, Friday |
कार्तिक ४ गते एजिएम बोलाएको सिटिजन्स बैंक इन्टनेशनलले असोज २८ गते शुक्रबार बुकक्लोज गरिसकेको छ भने कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कार्तिक १४ गते सोमबार बुकक्लोज मिति तोकेको छ ।
मर्जर प्रकृयामा रहेका कारण असोज ११ गतेदेखि नै दुबै बैंकको सेयर कारोबार रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कार्तिक १४ गतेसम्म सेयरधनी दर्ता किताबमा कायम हुन आएका लगानीकर्ताले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।
गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।