नेप्से लगातार पाँच दिन घट्यो, ८२ अंकले घटेपछि लगानीकर्ता निराश

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२७कार्तिक, २०७९, आईतवार / Nov 13, 2022 15:19:pm

सेयर बजार लगातार पाँच कारोबार दिन घटेको छ । आइतबार सहित पाँच दिनमा नेप्से ८२.२० अंकले घटेको हो । आइतबार बजार १०.५४ अंकले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेर पौने एक अर्बमा खुम्चिएको छ । दश करोड ४० लाख रकम सहित शिवम् सिमेन्टस् कारोबार रकमका आधारमा अब्बल बन्दा लक्ष्मी इक्वीटी फन्ड सर्वाधिक कमाउने (७.९० प्रतिशत) स्क्रिप्ट बनेको छ । आइतबारको बजारमा नबिल ब्यालेन्स्ड फन्डको इकाईमूल्य सर्वाधिक (६.९० प्रतिशत) घटेको छ ।

आज २२५ कम्पनीका २० लाख २८ हजार ३४८ कित्ता सेयर १८ हजार ४५ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँमा समेटिएको छ ।

बिहीबार १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आइतबार कारोबार रकम ३४ करोड ४५ लाख थोरै हो ।

सर्वाधिक कारोबार भएको शिवम् सिमेन्टसको १ लाख ६९ हजार ८७६ कित्ता सेयर १ हजार ४४ वटा संख्यामा कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त २.४० करोड रुपैयाँ, नबिल बैंक २.३८ करोड, हिमालयन पावर पार्टनर २ं२४ करोड र नेपाल पुनर्बीमा कम्पनीको २.१६ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यस्तै हिमालयन डिष्टिलरी, नेष्डो समृद्ध लघुवित्त, नेपाल लाइफ, रिडी पावर, र एनआईसी एशिया बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । एनआईसी एशिया बैंकको १.३० करोडको सेयर कारोबार भयो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments