काँग्रेसका पाका प्रतिस्पर्धामा अगाडि आउँदा एमालेका शक्तिशालीलाई विरासत जोगाउनै मुस्किल

नोटबजार संवाददाता
काठमाण्डौं
६मंसिर, २०७९, मंगलवार / Nov 22, 2022 13:18:pm

पछिल्लो मत परिणामअनुसार प्रतिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसका पुराना नेताले आफ्नो विरासत जोगाउँदै गर्दा एमालेका शक्तिशाली नेता भने संसद पस्न नपाउने आंकलन देखिएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले अग्रता लिइरहेका स्थानमा पार्टीका पुराना नेता कै बाहुल्यता छ तर दोस्रो स्थानमा भने एमालेकै चर्चित अनुहार देखिँदा उसका विभिन्न विरासत ढल्ने देखिएको हो ।

काग्रेस सभापति शेरबहादुर देउवा लडिरहेको डडेलधुरा-१ मा उनले ६ हजार ८८० मत पाउँदा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ३ हजार ६६६ मत पाएका छन् । तनहुँ-१ मा वरिष्ठ नेता रामचन्द्र पौडेलले २ हजार २५३ मतसहित अग्रता लिइरहँदा एमालेका एक बहादुर राना मगरले २ हजार १३५ मत मात्र सुरक्षित गरेका छन् । नवलपुर-१ मा शशांक कोइरालाले ७ हजार ८ सुरक्षित गर्दा एमालेका कृष्ण प्रसाद पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

मोरङ-६ मा डा. शेखर कोइरालाले १ हजार ७७७ मत सहित अग्रता लिँदा एमालेका लाल बाबु पंण्डित १ हजार ६३२ मत सहित प्रतिस्पर्धामा छन् । मकवानपुर-१ मा महालक्ष्मी उपाध्याय (डिना) ले ६ हजार ५८ मत सहित अग्रता लिइरहेकी छन् भने सुर्य चिन्हबाट लडेका कमल थापाले ४ हजार १७४ मात्र पाएका छन् ।

झापा-१ मा विश्वप्रकाश शर्माले १३ हजार ८५० मत सहित जित सुरक्षित गरिसक्दा प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले ८ हजार ६४९ मत मात्र पाएर निकै पछि परे । सिराहा– २ मा नेपाली कांग्रेसकी चित्रलेखा यादबले ९९३ मत सहित जसपाका राज किसोर यादवलाई पछिपारिरहेकी छन् । यादवले ८४६ मत पाएका छन् ।

दार्चुला-१ मा दिलेन्द्र प्रसाद बडूले २६८४ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका गणेश सिंह ठगुन्ना २३३८ मत लिएर बढुलाई पच्छाइरहेका छन् । नुवाकोट-२ मा अर्जुन नरसिंह केसीले २ हजार ७६ मत पाएका छन् भने एमालेका नारायण प्रसाद खतिवडाले ९५५ मात्र मत प्राप्त गरेका छन् । ओखलढुंगा-१ मा रामहरि खतिवडा ५ हजार ७३ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले ४ हजार ४८५ मत पाएका छन् ।

काँग्रेसका चर्चित अनुहार यसरी अग्रस्थानमा रहँदा एमालेका चर्चित र शक्तिशाली भने दोस्रो स्थानमै रहिरहेका देखिन्छन् । एमालेका शक्तिशाली मानिने नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे-२ मा नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई ४ हजार ६३३ मत सहित अग्रता लिइरहेका छन् भने नेकपा एमालेका गोकुलप्रसाद वाँस्कोटा ३ हजार ४२४ मत लिएर दोस्रो स्थानमा छन् ।

नेकपा एमालेकै शक्तिशाली नेता इश्वर पोख्रेललाई पनि काठमाडौं-५ मा नेपाली काँग्रेसका प्रदीप पौडेलले ठूलो मतान्तर लिएका छन् । पौडेलले हलसम्म ६ हजार १८१ मत पाएका छन् भने पोख्रेलले ४ हजार ३६५ मत लिएका छन् ।

नवलपुर-२ मा नेपाली कांग्रेसका विष्णु कुमार कार्कीले ८ हजार २०६ मत पाएका छन् भने उनका निकटतममा नेकपा एमालेका तिल बहादुर महत क्षेत्रीले हाल सम्म ७ हजार २९० मत पाएका छन् ।

रामेछाप-१ मा कांग्रेसका पुर्ण वहादुर तमाङ्ग १ हजार २५५ मतसहित अग्रस्थनमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले ६८७ मत पाएका छन् ।

सिन्धुपाल्चोक-२ मा कांग्रेस मोहन बहादुर बस्नेतले २ हजार २३६ लिएर नेकपा एमालेका शेरबहादुर तामाङलाई पछि पारिरहेका छन् । तामाङको पछिल्लो मत परिणाम १ हजार २८३ छ ।

म्याग्दी-१ मा खम बहादुर गर्बुजा ३ हजार ८०७ ले अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले ३ हजार ६४७ मत पाएका छन् । इलाम-२ मा डम्बरबहादुर खड्काले २ हजार १७८ मत सहित अग्रता लिइरहँदा पूर्वसभामुख समेत रहेका नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङ्गले २ हजार १०१मत लिइरहेका छन् ।

दाङ-३ मा कांग्रेका दिपक गिरीले एमालेकी कोमल वलीलाईपछि पारिरहेका छन् । गिरीले २ हजार  ८८८ मत प्राप्त गर्दा ओलीको भने २ हजार ३२५ मत छ । पर्वत-१ मा अर्जुन प्रसाद जोशी ४ हजार  १५७ मत सहित अग्रता लिएका छन् । जोसीलाई एमालेका पदम गिरी ३ हजार ६७१ मतले पच्छाइरहेका छन् ।

रसुवा-१ मोहन आचार्य ४ हजार ५७२ मतसहित अग्रतामा छन् । जसलाई नेकपा एमालेका छोवाङ तेन्जीन तामाङ्ग २ हजार ७५० मतसहित पछाडि छन् । कञ्चनपुर-२ मा एनपी साउदले ८ हजार ६९८ मत सहित एमालेकै नर बहादुर धामीलाई पछि पारेका छन् । धामीले ३ हजार २८९ मत प्राप्त गरेका छन् । बाँके – ३ मा किशोर सिह राठोर ७ हजार ४६२ मत सहित अग्रस्थानमा छन् भने दोस्रोमा रहेका एमालेका किस्मत कुमार कक्षपतिले ७ हजार २१७ मत पाएका छन् ।

धादिङ-२ मा रामनाथ अधिकारी ३हजार ७९४ मत पाएका छन् भने एमालेका खेम प्रसाद लोहनीले ३ हजार  २५१ मत प्राप्त गर्दै प्रतिस्पर्धा गरिरहेका छन् । कञ्चनपुर-३ मा रमेश लेखक ८ हजार ३७५ मत सहित अग्रता लिइरहेका छन् । उनले एमालेकी निरुदेवी पाल ४ हजार ६८८ मत सहित दोश्रोमा छिन् ।

सुनसरी -४ मा ज्ञानेन्द्र बहादुर कार्कीले १ हजार ७९८ मत लिएर एमालेकै जगदिश प्रसाद कुसियैतलाई चुनौति दिइरहेका छन् जसले १ हजार ६९२ मत पाएका छन् । रौतहट-४ मा देव प्रसाद तिमलसेनाले ३ हजार ४६८ मतसहित अग्रता लिएका छन् भने प्रतिस्पर्धी एमालेका उध्दव प्रसाद रेग्मीले २ हजार ३९५ मत पाएको छन्

यस्तै नवलपरासी–१ मा विनोद कुमार चौधरीले १० हजार ३२२ मत पु¥याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) ले ८ हजार ६५९ मत सहित टक्कर दिइरहेका छन् । भक्तपुर-२ मा दुर्लभ थापा क्षेत्रीले १२ हजार ५८ मत पाएका छन् भने एमालेका महेश बस्नेत १० हजार ७६४ पाएका छन् ।

उदयपुर-१ मा डा. नारायण खड्काले २ हजार ५३४ मत सुरक्षित गर्दै एमालेकी मन्जु कुमारी चौधरीसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् । चौधरीले २ हजार २९० मत पाएकी छन् । काठमाडौं-१० मा राजेन्द्र कुमार केसी ४ हजार ८०१ मत पाएका छन् भने निकटतम रहेका रास्व्पाका प्रदिप विष्टले ३ हजार ३७८ मत पाएका छन् ।

ललितपुर – १मा उदयशम्शेर ज.ब.राणा ८ हजार ५९७ मत लिएर एमालेका नवराज सिलवालसँग प्रतिस्पर्धा गरिहेका छन् । सिलवालले ८ हजार ४३१ मत पाएका छन् । रूपन्देही – ५ मा भरत कुमार शाहले ३ हजार २७९ र एमालेका बासुदेव घिमिरले ३ हजार १२७ सहित प्रतिस्पर्धा गर्दै छन् ।

दैलेख-२ मा दिक्पाल कुमार शाहि ७ हजार १०० मत ल्याउँदै ५ हजार ७६१ एमालेका लक्ष्मी प्रसाद पोखरेललाई पछि परिरहेका छन् । सुर्खेत-२ मा हृदयराम थानी १२ हजार १५६ मत सहित अग्रस्थानमा रहँदा एमालेका अमृत बहादुर बुढा क्षेत्रीले १० हजार ७७४ मत पाएका छन् । मोरङ-३ मा शुनिल कुमार शर्मा ३ हजार १३२ मत लिएर अग्रता कायम गरिरहेका छन् । उनलाई एमालेका भानुभक्त ढकालले १ हजार ५७९ मत सहित पच्छाइरहेका छन् ।

काठमाडौं-३ मा सन्तोष चालिसेले ७ हजार ८३८ मत सुरक्षित गर्दै एमालेका कृष्णबहादुर राईलाई पछि पारेका छन् । राईले ६ हजार ५१ मत पाएका छन् । सप्तरी- ३ मा दिनेश कुमार यादव ३ हजार २७ मत र एमालेका ताराकान्त चौधरीले १ हजार ८९७ मत पाएका छन् ।

तनहुँ -२ मा शंकर भण्डारीले १४ हजार १०८ मत पाएकामा प्रतिस्पर्धी एमालेका किरण गुरुङले ११ हजार २८३ मत पाएका छन् । पर्सा-२ मा अजय कुमार चौरसियाले ७ हजार २७ प्राप्त गर्दा जनता समाजवादी पार्टीका सुरेन्द्रप्रसाद कुर्मीले ५ हजार ४२० मत पाएका छन् ।

कपिलवस्तु -२ मा सुरेन्द्रराज आचार्य २ हजार ७४३ र एमालेका बृजेश कुमार गुप्ता २ हजार ४०० मत सहित प्रतिस्पर्धामा छन् । स्याङ्जा-१ मा राजु थापाले ७२९ लिँदै एमालेका नारायण प्रसाद मरासिनीलाई पछि पारेका छन् । उनले ५७७ मत पाएका छन् ।

सप्तरी-४ मा तेजु लाल चौधरी ३९४ र प्रतिस्पर्धी जसपाका वालकिसोर यादवले २१५ मत पाएको छन् । अछाम-२ मा पुष्प बहादुर शाह २ हजार ४१६ मत सहित अग्रस्थानमा रहँदा दोस्रोमा रहेका एमालेका यज्ञ बहादुर बोगटीले १ हजार ७६२ मत पाएका छन् । पर्सा-४ मा रमेश रिजालको १० हजार २५४ मत हुँदा एमालको जालिम मियाँ मंसुरीले ८ हजार ७९६ मत पाएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 


Share on:


Comments