आइएसपी केबल अपरेटरहरुलाई प्राधिकरणको एक महिने अल्टिमेटम

नोटबजार संवाददाता
काठमाण्डौं
६मंसिर, २०७९, मंगलवार / Nov 22, 2022 14:46:pm

इन्टरनेट टेलिफोन तथा टेलिभिजन सेवा प्रवाहका लागि अप्टिकल फाइबर तथा  अन्य संरचनाको अनाधिकृत प्रयोग गरिरहेका  सेवा प्रदायकलाई एक महिनाभित्र नवीकरण तथा शुल्क भुक्तान गर्न नेपाल विद्युत् प्राधिकरणले अल्टिमेटम दिएको छ ।

प्राधिकरणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै पोल तथा संरचना प्रयोग गरिरहेका सेवा प्रदायकले आगामी पुस ७ गते भित्र नवीकरण तथा दर्ताका काम गरिसक्न अल्टिमेटम दिएको हो ।

प्राधिकरणले  आफ्ना संरचना प्रयोग गर्ने इन्टरनेट, टिभी तथा टेलिफोन सेवा प्रदायकलाई सम्बन्धित प्रादेशिक कार्यालयमा सम्पर्क गरी सम्झौता नवीकरण गर्नुपर्ने भए नवीकरण गर्न र सम्झौता नै नगरी प्रयोग गरेको भए तत्काल सम्झौता गर्न समयसीमा तोकेको हो ।

तोकिएको समयमा सम्झौता गर्ने तथा नवीकरण गर्ने कार्य नगरे नियमानुसार कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणले कुन कम्पनीले के कति पोल तथा अन्य संरचना प्रयोग भइरहेको छ भन्ने विवरण खुलाएको छैन । संझौता बेगर संरचना प्रयोग नगर्न पनि उसले सेवा प्रदायकलाई आग्रह गरेको छ ।
📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 
 


Share on:


Comments