पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५८ प्रतिशतको हात खाली

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
७मंसिर, २०७९, बुधबार / Nov 23, 2022 17:08:pm

पिपुल्स हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुधबार बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख १५ हजार ७८८ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । जुन कुल आवेदक सङ्ख्याको ४२ प्रतिशत हो । बाँकी ५८ प्रतिशतको हात खाली भएको छ ।

सानिमा क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ जारी गरेको थियो । साे मध्ये ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो । कुल जारी सेयरको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुिहक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 


Share on:


Comments