नेप्से यो सातामा ३.२८ अंक मात्र घट्यो, कुन स्क्रिप्टका लगानीकर्ताले कमाए ?

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१०मंसिर, २०७९, शनिबार / Nov 26, 2022 17:01:pm

सेयर बजार मापक सूचक नेप्से यो साता ३.२८ अंक मात्र घटेर बन्द भएको छ । १९३६.८३ बिन्दुमा कारोबार सुरु भएको परिसूचक सामान्य अंकले घट्दै १९३३.५५ बिन्दुमा झरेको हो ।

चुनावी विदाका कारण यो साता पाँचमध्ये ३ कारोबार दिन मात्र सेयर बजार खुलेको थियो । दुई दिन घटेको बजार अन्तिमुनदन बढेर बन्द भएको हो । नेप्सेसँगै कुल बजार पूँजीकरण पनि पौने ५ अर्ब रुपैयाँले घटेको छ । यो साता कुल बजार पूँजीकरण २७ खर्ब ८१ अर्ब २९ करोड रुपैयाँमा समेटिएको छ । गत साता २७ खर्ब ८६ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।

घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले यो साता सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्य १६ प्रतिशत बढेर २१९ रुपैयाँ पुगेको छ । यस्तै जानकी फाइनान्सको सेयरमूल्य १०.४८ प्रतिशत बढेर ३९० रुपैयाँ, सयपत्री हाइड्रोपावर ७.९१ प्रतिशत बढेर ३७५.३० रुपैयाँ, वीन लघुवित्त ७.५३ प्रतिशत बढेर १००० रुपैयाँ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५२ ३४३ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य ५.५८ प्रतिशत घटेर १८हजार ६०० रुपैयाँमा झरेको छ । कम्पनीको १२१५ प्रतिशत नगद लाभांशको बुकक्लोजपछि नेप्सेले कानुनी दायराभित्र नपर्दा नगदको मूल्य समायोजन नगरेपनि बजारले आफैँले गरेको हो ।

यस्तै मन्दाकिनी हाइड्रोपावर ५.४३ प्रतिशत घटेर ३२०.२० रुपैयाँ, लुम्बिनी विकास बैंक ५.३४ प्रतिशत घटेर ३३७ रुपैयाँ, अपर हेवाखोला हाइड्रोपावर ५.३१ प्रतिशत घटेर ३५५ रुपैयाँ र श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.१३ प्रतिशत घटेर २२० रुपैयाँमा झरेको छ ।

यो साता कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ५ बढेको छ भने बाँकी ८ घटेको छ । उत्पादन तथा प्रशोधन सर्वाधिक १.२० प्रतिशत बढ्दा लगानी सर्वाधिक १.११ प्रतिशत घटेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments