सातामा नेप्से १६१.८२ अंकले बढ्यो

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१६पुष, २०७९, शनिबार / Dec 31, 2022 17:44:pm

यो साता नेप्से १६१.८२ अंक बढेको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले कार्यभार स्म्हालेपछि वियरिस ट्रेण्डमा रहँदै आएको नेप्सेमा एक सातामा नै ८.६७ प्रतिशतबमे बढोत्तरी देखिएको हो ।

सोमबार १८६७.२१ बिन्दुमा खुलेको नेप्से बिहीबार ८.६७ प्रतिशत बढेर २०२९.०३ अंकमा पुगेको छ । यो साता आइतबार क्रिसमसको विदा रहेकाले ४ कारोबार दिन मात्र बजार खुल्यो । बुधबार बाहेक सबै तीन दिनमा बजार ५० अंक धेरैले बढ्यो भने बुधबार १२ अंकको करेक्सन आएको थियो ।

बजार बढेसँगै सेयर लगानीकर्ताको सम्पत्ति पनि यो साता २ खर्ब ३४ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो साता नेप्सेको कुल बजार पूँजीकरण २७ खर्ब रुपैयाँ रहेकोमा बढेर २९ खर्ब ३४ अर्ब रुपैयाँ माथि पुगेको हो ।

यस साता कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक बढेको छ । जसमध्ये फाइनान्स सर्वाधिक १७.३९ प्रतिशतले बढ्दा जलविद्युत १६.२७, लगानी १२.८६, निर्जीवन बीमा १२.१६, जीवन बीमा ११.२३ र विकास बैंक १०.३० प्रतिशत बढेको छ । ब्यापार ७.८१, होटल तथा पर्यटन ७.०२, बैंकिङ्ग ६.९६, उत्पादन ६.३३, लघुवित्त ५.७० र म्युचुअल फन्ड ४.१० प्रतिशतले बढेको छ । यो साता अन्य उपसमूहको परिसूचक सबैभन्दा कम २.५५ प्रतिशत बढेको हो ।

नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि १७७.२३ प्रतिशत बढेर २ अर्ब ७५ करोड पुगेको छ ।गत साता दैनिक औसत ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments