सभामुखद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण जनाउँदै शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

“खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”, सभामुख सापकोटाले भन्नुभयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ जेठ २०७९, आइतबार  १९ : ४४ बजे