संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक गर्न इराकको आग्रह

0
Shares

इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ ।

इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ ।”

आक्रमणमा दुहोक प्रान्तमा नौ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो । इराकी सरकारले टर्की सेनालाई आक्रमण गरेको आरोप लगाएको छ । अंकाराले आरोप अस्वीकार गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ साउन २०७९, आइतबार  १० : ४२ बजे