स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैनः एमाले सांसद

0
Shares

 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए । सोही दलका सांसद महेश बस्नेतले मङ्गलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे ।

यस्तै, उनले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराए ।-रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ साउन २०७९, बुधबार  १४ : ३३ बजे