श्रीलङ्काले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने

0
Shares

श्रीलङ्काले शनिबार चिनियाँ जहाज युआन वाङ ५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

टाइम्स अनलाइनका अनुसार श्रीलङ्का सरकारले युआन वाङ-५ जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको छ । ‘युआन वाङ ५ अगस्ट १६ मा हम्बनटोटा अन्तरराष्ट्रिय बन्दरगाहमा आइपुग्ने छ । अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढीला भएको’ टाइम्स अनलाइनले जनाएको छ ।

यस अघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा चिनद्वारा भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो । यसै बीच श्रीलङ्काको विदेश मन्त्रालयले हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको अगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको बताइएको छ ।

हालै नोम पेन्हमा भएको द्विपक्षीय बैठकमा दुवै देशका विदेशमन्त्री अली साब्री र वाङ यीले दुवै देश बीचको हार्दिक द्वीपक्षीय सम्बन्ध माथि प्रकाश पारेका थिए । यता भारतले उक्त विमानलाई जासुसी विमानको रूपमा लिदै यसले भारतीय सुरक्षा संवेदनशीलताको प्रश्न उठाएको छ ।

यद्यपि चीनले भने यसलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा विकास गरिएको दाबी गरेको छ । सो विमान सन् २००७ मा निर्माण गरिएको हो र यसले ११, ००० टन भार बहान क्षमता राख्दछ ।

-एजेन्सीकाे सहयाेगमा

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ साउन २०७९, शनिबार  १९ : ३६ बजे