राष्ट्रपतिद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

0
Shares


पोखरा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पोखराको सेदीमा रहेको अन्नपूर्ण केबलकार चढि सोमबार साँझ सराङकोटसम्म यात्रा गरेकी छिन् ।  सोमबार साँझ केबलकारबाट सराङकोट पुगेकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी थिइन् ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गत वर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो ।

केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ साउन २०७९, मंगलबार  ०९ : २१ बजे