जानकी फाइनान्सको इपीएस ४ रुपैयाँ २३ पैसामा झर्‍यो‚ खराब कर्जा ११% माथि

नोटबजार संवाददाता ।
काठमाडौं ।
१०माघ, २०७९, मंगलवार / Jan 24, 2023 13:59:pm

जानकी फाइनान्स कम्पनी लिमिटेडको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ २३ पैसामा झरेको छ । कम्पनीको खुद नाफामा उच्च गिरावट आएसँगै अघिल्लो आवको तुलनामा फाइनान्सको इपीएस ७ रुपैयाँ ६२ पैसा घटेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खराब कर्जा अनुपात बढेर ५.३१ बाट बढेर कुल कर्जाको ११.१८ प्रतिशत पुगेको छ । सोही कारण फाइनान्सको इम्पेरिमेन्ट चार्ज ३ करोड ३२ लाखबाट बढेर ६ करोड ३१ लाख पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म फाइनान्सको खुद नाफा ५९ प्रतिशतले घटेको छ । फाइनान्सले पुससम्म खुद नाफा १ करोड ४५ लाख ९२ हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ६९ करोड ४ लाख ७२ हजार ८०० रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १९ पैसा, स्प्रेडदर ४.३३ प्रतिशत, आधारदर १२.७७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८६.७६ प्रतिशत, र पुँजीकोष अनुपात २२.४३ प्रतिशत र पीई रेसियो १००.६२ गुणा छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments