बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने
नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १० गते मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए ।
अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ-गाउँमा पुर्याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्न प्राधिकरणसँग आग्रह गरे ।
दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्न आग्रह गरे ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।