कुलेश्वर अटो व्यवसायी आन्दोलित, पार्किङ उपलब्ध गराउन माग

नोटबजार संवाददाता
काठमाण्डौं ।
११माघ, २०७९, बुधबार / Jan 25, 2023 13:55:pm

पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्नेहरुमाथि कडाइ गर्दै चिट काट्न सुरु गरेपछि कुलेश्वर अटो व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि आन्दोलन गर्दै कुलेश्वर क्षेत्रमा पार्किङ उपलब्ध गराइदिन माग गरेका हुन् ।

कुलेश्वर क्षेत्रमा अटो व्यवसायीको सङ्ख्या बाक्लो रहेको र पार्किङको उचित व्यवस्था नहुँदा सेवाग्राहीहरुलाई परेको समस्या उठान गर्दै व्यवसायीहरुले प्रर्दशन गरेका छन् । कुलेश्वर अटोव्यवसायीका साथसाथै प्रर्दशनमा खाद्यान्न व्यवसायी संघका सदस्यहरु पनि सहभागी भएका छन् ।

महानगरको कार्यालय अगाडि प्रद्र्धशन गर्नुका साथै व्यवसायीहरुले बुधबार कालिमाटीदेखि कुलेश्वर गणेश स्थानसम्मका सबै सटर बन्द गरेको कुलेश्वर व्यवसायी संघले जनाएको छ ।

पार्किङको समस्या समाधानका लागि आफूहरुले सक्दो सहयोग गर्ने तथा कुलेश्वर क्षेत्रको बाटो फराकिलो भएकाले एकतर्फी पार्किङको व्यवस्था दिनुपर्ने नाडाका अध्यक्ष धु्रव थापाले सुझाएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments