कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयरको बिक्री खुल्यो

नोटबजार संवाददाता ।
काठमाडौं ।
११माघ, २०७९, बुधबार / Jan 25, 2023 10:10:am

कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालकको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

सेयर खरिद गर्न चाहनेले माघ ११ गते बुधबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments