सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले डाके साधारण सभा,लाभांश र मर्जर प्रस्ताव स्वीकृत हुँदै

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१९माघ, २०७९, बिहीबार / Feb 02, 2023 10:23:am

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेका छन् ।
एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरेका दुई कम्पनीले एकैदिन फागुन ११ गते बिहीबार बिहान १० बजे साधारण सभा डाकेका हुन् ।

सगरमाथा इन्स्योरेन्सले लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा २६ औं र लुम्बिनी जनरल इन्स्योरेन्सले अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सगरमाथा इन्स्योरेन्सले सभाबाट प्रस्तावित चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

दुबैको साधारण सभाबाट सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने, मर्जर सम्बन्धी बाँकी कार्यहरु पूरा गरी लुम्बिनी जनरललाई सगरमाथा इन्स्योरेन्समा गाभ्न अन्तिम स्वीकृत प्रदान गर्नेछ ।

सभाले डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी निर्धारण भएको स्वाप रेशियोलाई समेत सभाले स्वीकृत गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स दुबैले कम्पनीले माघ २७ गते बुकक्लोज बन्द गर्ने जनाएका छन् । बुकक्लोज अनुसार माघ २६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सम्बन्धीत कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments