लुम्बिनी केवलकारले आइपीओ निष्कासन गर्ने

नोटबजार संवाददाता
काठमाण्डौं ।
५पुष, २०८०, बिहीबार / Dec 21, 2023 16:25:pm

लुम्बिनी केवल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन आगामी पुस २८ गते हुने वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने जनाएकोे छ ।

कम्पनीको साधारण सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण भइरहेको कम्पनीले जनाएको छ ।

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments