नेपाल स्टक एक्सचेञ्जमा आइतबार ११ अर्ब ६ करोड रुपैयाँ बराबरको दुईवटा नेपाल सरकारको विकास ऋणपत्र सुचीकृत भएको छ । असोज ७ को निर्णय अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम आठ अनुसार दुई विकास ऋणपत्रहरु स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको हो ।
स्टकका अनुसार ४ अर्ब १६ करोड मूल्यको २०८६ ‘छ’ र ६ अर्ब ९० करोड मूल्यको २०८८ ‘ख’ विकास ऋणपत्र सूचीकरण गरिएको हो । २०८६ ‘छ’ को अवधि ६ वर्षको रहेको छ भने २०८८ ‘ख’ को अवधि ८ वर्ष रहेको छ ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा गत साउनमा दुई विकास निष्काशन तथा बिक्री भएको थियो । २०८६ ‘छ’ को निष्कासन साउन १९ गते तथा २०८८ ‘ख’ साउन २९ गते निष्कासन गरिएको थियो । यसअनुसार २०८६ ‘छ’ विकास ऋणपत्र २०८८ साउन १९ गते तथा २०८८ ‘ख’ विकास ऋणपत्र २०८८ साल साउन २९ गते परिपक्क हुनेछ ।
६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘छ’ का लगानीकर्ताले वार्षिक ६.५० प्रतिशत र ८ वर्ष अवधिको २०८८ ‘ख’ विकास ऋणपत्रका लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याजदर पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया