माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ ।
बैंकको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि सोमबार बुकक्लोज गर्दैछ ।
नेप्सेले आइतबार बजार बन्दपछि कायम मूल्यका आधारमा बोनस समायोजन गरी समायोजित मूल्य निर्धारण भएको हो । बैंकको प्रतिकित्ता २६३ रुपैयाँ ६० पैसाका आधारमा १३.३० प्रतिशत बोनस सेयर समायोजनपछि २३२ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ ।
सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया