नेपाल धितोपत्र बोर्डको कर्मचारी यूनियनमा तोलाकान्त न्यौपानेको तेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । यूनियनको शुक्रबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनले तोलकान्त न्यौपानेलाई आगामी ४ वर्षका लागि यूनियनको नेतृत्वमा सर्वसम्मत रुपमा सुम्पेको हो। विगत १४ वर्ष देखि राजु जिसीको नेतृत्वमा रहेको बोर्डको कर्मचारी यूनियन शुक्रबारदेखि नयाँ नेतृत्वको हातमा आएको हो।…