एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ६४ रुपैयाँसम्म पाउने

नोटबजार संवाददाता
काठमाण्डाैं ।
१७फाल्गुन, २०८०, बिहीबार / Feb 29, 2024 12:38:pm

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले मुनाफामा सरिक हुनेगरी प्रतिवर्ष प्रति हजार न्यूनतम ४० देखि अधिकतम ६६ रुपैयाँसम्मको बोनस दर कायम गरेको हो ।

कम्पनीले बाल सावधिक बीमालेख अन्तर्गत ३० वर्षभन्दा धेरै अवधिका लागि ६४ रुपैयाँ र सोहि पोलिसी २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्ने बीमितले ६३ रुपैयाँ प्रतिहजार बोनस पाउने कम्पनीले उल्लेख गरेको छ । यसैगरी, जीवन बचत नामको पोलिसी २५ वर्षभन्दा बढी अवधिको बीमालेख खरिद गरेका बीमितलाई प्रतिहजार ६१ रुपैयाँ बोनस दिने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् । कम्पनीले सावधिक, जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ र २५ देखि माथि अवधिका लागि ६१ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ । सबैभन्दा धेरै २ लाख २२ हजार ९८० ओटा बीमालेख बिक्री भएको १५–१९ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्ने भएका छन् । जीवन आनन्द बीमा योजना अन्तर्गत कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सबैभन्दा धेरै १ लाख १७ हजार८१४ ओटा बीमालेख बिक्री भएको १५–१९ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा धेरै ५८ हजार ३८५ ओटा बीमालेख बिक्री भएको १५–१९ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस पाउनेछन् । 

त्यसैगरी, धनवृष्टि बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ । धनवृष्टि जीवन बीमालेख अन्तर्गत १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ । सबैभन्दा धेरै १० हजार २९४ ओटा बीमालेख बिक्री भएको १० वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् । 

धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधि अनुसार न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् । धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ । सबैभन्दा धेरै १६ हजार ३२९ ओटा बीमालेख बिक्री भएको १५ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस पाउनेछन्।
साथै बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस तोकिएको छ । यस अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । सबैभन्दा धेरै १६ हजार ९१० ओटा बीमालेख बिक्री भएको १६–२० वर्षसम्मको अवधि योजनामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

जीवन तरङ्ग बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन् । जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ४० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै १५ हजार ९४६ ओटा बीमालेख बिक्री भएको २० वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउनेछन्  ।

कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार न्यूनतम ५० देखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै १५९८ ओटा बीमालेख बिक्री भएको २० वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

त्यसैगरी कम्पनीले जीवन बचत बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ४१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । जीवन बचत बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५६ र २५ देखि माथि वर्षका लागि ६१ रुपैयाँ बोनस दर कायम गरिएको छ । सबैभन्दा धेरै ६९१ ओटा बीमालेख बिक्री भएको २५ वर्षदेखि माथिको योजनामा बीमितले प्रतिहजार ६१ रुपैयाँ बोनस पाउनेछन् । 

कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक बीमा योजनामा सबै अवधिका बीमालेखमा ४१ रुपैयाँ बोनस दिने भएको छ । जीवन लाभ बीमालेख अन्तर्गत १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्षका लागि ५२ रुपैयाँ,२० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सबैभन्दा धेरै ११३२ ओटा बीमालेख बिक्री भएको १५ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ बोनस तोकेको छ । यस अवधिको ९५ वटा बीमालेख खरिद भएका हुन् ।

कम्पनीले आव २०७९–८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभए सम्मको लागि कायम रहने जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 


Share on:


Comments