रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, बिहीबारको भाउ कति ?

नोटबजार संवाददाता
काठमाण्डौं ।
२९चैत्र, २०८०, बिहीबार / Apr 11, 2024 10:32:am

सुनको भाउ रेकर्ड मूल्यबाट झरेको छ । लगातार चार दिन रेकर्ड मूल्य कायम गरेको सुनको भाउ बिहीबार भने घटेको हो ।

बिहीबार सुनको भाउ २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

बुधबार एक तोला छापावाला सुनको प्रतितोला मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको थियो । यस्तै, बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३४२ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments