सोमबार सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

नोटबजार संवाददाता
काठमाण्डौं ।
३बैशाख, २०८१, सोमबार / Apr 15, 2024 10:36:am

सोमबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । आइतबार २२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य आइतबार १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार १५ रुपैयाँले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३५८ दशमलव १९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव २ डलरमा कारोबार भइरहेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments