मंगलबार सुनको भाउ ऐतिहासिक बिन्दुमा कायम

नोटबजार संवाददाता
काठमाण्डौं ।
४बैशाख, २०८१, मंगलवार / Apr 16, 2024 10:36:am

सुनको मूल्य ऐतिहासिक बिन्दुमा कायम भएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो ।  यसअघि सुनको मूल्यले चैत ३० गते प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो । 

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments