बिहीबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घट्यो

नोटबजार संवाददाता
काठमाण्डौं ।
६बैशाख, २०८१, बिहीबार / Apr 18, 2024 10:38:am

बिहीबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार ६०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७४ दशमलव ९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ४ डलरमा कारोबार भइरहेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments