सूर्या लाइफको खुद बीमा शुल्क एक अर्ब माथि, बीमा कोष सवा ६ अर्ब

Note Bazar २८माघ, २०७६, मंगलवार / Feb 11, 2020 13:03:pm

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा १ अर्ब २८ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३४.९७ प्रतिशतले धेरै हो

इन्स्योरेन्सले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९५ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै, इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट २८ करोड ६२ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले यसअवधिसम्म ४ लाख ४२ हजार ८८५ बीमालेख जारी गरी १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले १६ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ८९ लाख, जीवन बीमा कोषमा ६ अर्ब २१ करोड तथा महाविपत्ति कोषमा ९ करोड ८२ लाख रुपैयाँ छ।

कम्पनीको बीमांकीय मूल्यांकन अघिको नाफा १५ करोड १९ लाख छ। यो गत आर्थिक वर्षको यसै अवधिको ४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा १० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात २४.११ गुणा छ।


Share on:


Comments