काँग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने

Note Bazar १८जेष्ठ, २०७७, आईतवार / May 31, 2020 00:20:am

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भई राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहो¥याएको छ । त्यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले त्यसमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने जानकारी दिए ।


सरकारले हालै जारी गरिएको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउनका लागि यही जेठ ९ गते संघीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७ ’ विधेयक दर्ता गराएको थियो ।


Share on:


Comments